आहारारा गोल्ड कपमा १२ टिम सहभागी, पुरस्कार राशि वृद्धि

आहारारा गोल्ड कपमा १२ टिम सहभागी, पुरस्कार राशि वृद्धि

aaha rara gold cup news photo

पोखरा । पोखरा रंगशालामा आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुने आहारारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी २५ औँ आहारारा पोखरा गोल्ड कपमा एडिभिजन क्लब, आयोजक सहारा, ४ विदेशीसहित १२ टिम सहभागी हुने जानकारी दिएको हो ।

आहारारारको संस्कण रजत वर्ष २५ औँ पुगेको अवसरमा पुरस्कार राशि वृद्धि गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । २५ औँ संस्करणको आहाररा गोल्ड कपमा विजेता बन्ने टिमले नगद पुरस्कार १४ लाख १ हजार पाउने अध्यक्ष केशवबहाुदर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेताले ७ लाख एक हजार रुपियाँ पुरस्कार पाउनेछ ।

क्लबका सदस्य सचिव गंगाराम पौडेलका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङदी क्लब, प्लानिङ ब्बाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्चा क्बाइज युनाइटेड, एपिएफ क्बल, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, सहारा क्लब र भारतको एक टिम सहभागी हुनेछन् ।

आहारारा पोखरा गोल्ड कप रजत वर्ष २५ औँ मा प्रवेश गरेको अवसरमा पहिलो पटक पोखरामा फल्डलाइट जडान गरी साँझमा पनि खेल खेलाउन लागिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार यो पटक उपाधि जित्ने गरी आयोजकको पनि बलियो टिम बनाउने गरी तयारी गरिएको उहाँको भनाइ छ । २४ औँ आहारारा पोखरा गोल्ड कपको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेत बनेको थियो । गत वर्ष उपाधि जितेको टोली आभा फुटबल क्लब उज्वेकिस्तानको नाममा आहारारामा सहभागी हुने क्लबले जानकारी दिएको छ । भारतबाट आउने एक टिमकाे पनि एक/दुइ दिनमा टु‌ंगाे लाग्ने क्लबका वरिष्ठ उपाधयक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयाे ।

प्रतिक्रिया