साफ यु-१९ महिला फुटबलमा नेपाल फाइनल पुग्ने कति सम्भावना ?

साफ यु-१९ महिला फुटबलमा नेपाल फाइनल पुग्ने कति सम्भावना ?

nepal

पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा भोलि सोमबार नेपालले भुटानको सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा भुटान र नेपालको खेल दिउँसो ३ बजे सुरु हुनेछ । ४ देश सहभागी फुटबलमा शनिबार नेपाल र भारत, त्यसैगरी बंगलादेश र भुटानले प्रतिष्पर्धा गरिसकेका छन् । शनिबारको खेलमा भारत र बंगालादेश विजयीहुँदै ३÷३ अंक जोडेका छन् । नेपाल र भुटानको अंक शून्य छ । नेपाल भारतसँग १—० ले पराजित भयो भने भुटान बंगालादेशसँग १२ गोलले पराजित भयो । सोमबार नै भारत र बंगालदेशबिच मध्याह्न १२ बजे प्रतिष्पर्धा हुनेछ ।

शनिबार ४ टोलीको खेललाई हेर्दा भारत र बंगलादेशलाई फाइनल पुग्ने सम्भावना बलियो भएका टोलीका रुपमा हेरिएको छ भने नेपालले भारतसँग खेलेको खेललाई अझ सुधार गर्न सके फाइनल पुग्ने सम्भावना जिवित रहन सक्ने अवस्था छ । नेपालले सहज रुपमा फाइनल पुग्ने सम्भावना जिवित राख्न भुटान र बंगालादेशसँगको खेलमा जित निकाल्नै पर्ने दबाब छ । भारत र बंगलादेशबिचको खेलमा बराबरी भयो वा बंगालादेशले भारतलाई पराजित गर्‍याे भने नतिजामा फरक पर्न सक्छ ।

४ टोली सहभागी फुटलबलमा सबैले एक अर्कासँग खेल्नुपर्नेछ । शनिबारको खेलमा १२ गोलले पराजित भएको भुटानलाई कमजोर टिमको रुपमा हेरेपनि आगामी खेल भुटानले कस्तो खेल्छ वा नेपाल र भारतसँगको खेलमा भुटानले जित निकाल्यो वा बराबरी खेल्यो भने फाइलन पुग्ने टिम फरक पर्न सक्छ । साफ फुटबल माघ २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया