जनतासँग सुझाव माग्दै कास्की २ एका एमाले उम्मेदवार रश्मी आचार्य

जनतासँग सुझाव माग्दै कास्की २ एका एमाले उम्मेदवार रश्मी आचार्य

rasmi

पोखरा । नेकपा एमाले कास्की क्षेत्र न दुई का उम्मेदवार रश्मि आचार्यले भावी कार्ययोजना र कार्यभारका सम्बन्धमा सो क्षेत्रका जनतासँग सुझाव मागेका छन । फागुन २१ गते  हुन प्रतिनिधि सभा निर्वाचनमा सन्दर्भमा उनले सुझाव मागेका हुन् ।

सोमबार सामाजिक संजाल फेसबूक मार्फत आचार्यले  कास्की क्षेत्र नं २ निवासी मतदातालाई  वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु,  निर्माण गर्दै गरेको प्रतिबद्धता पत्रमा समावेश गर्नुपर्ने मुद्दाहरु लगातय स्थानीय विकास र देशको समृद्धिसँग अभिन्न रुपले जोडिएका विषयहरुमा वहस, विमर्श र अन्तर्क्रिया गर्ने छौं।  उनले भनेका छ्न् ।  उनले प्रत्यक्ष भेटेर वा अन्य विकल्प प्रयोग गरेर समेत सुझाव दिन वा डिजिटल माध्यमबाट समेत सुझाव दिन आग्रह गरेका छन।

प्रत्यक्ष भेटेर वा अन्य विकल्प प्रयोग गरेर समेत सुझाव दिन सकिने उनको भनाइ छ । उनले  [email protected] ह्वाट्स एप: 9851132911 सम्पर्क फोन: 9856069000  वा यसैको Facebook Messenger मार्फत् समेत आफ्ना धारणा, अभिमत र सुझाव दिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया