बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको सुनुवाइ

बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको सुनुवाइ

rabi-lamichhane-2

बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको सुनुवाइ स्थगित भएको छ ।

बिहीबारको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको थियो । तर, लामिछानेका कानुन व्यवसायीले माग गरेपछि सुनुवाइ स्थगित भएको अदालतका उपरजिस्ट्रार यज्ञमूर्ति ज्ञवालीले बताए । लामिछानेको बिहीबार नै काठमाडौंमा पनि पेसी रहेको र त्यहाँबाट कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगितको माग गरेको गत उनका कानुन व्यवसायी महेन्द्र पाण्डेयले बताए ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध उच्च अदालत गएका लामिछानेको मुद्दामा यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो ।

प्रतिक्रिया