जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

_cpn-uml-1

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको छ ।

जेनजी युवा आन्दोलनपछि एमालेको यो बैठक पहिलो पटक बोलाइएको छ । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ ।सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेन जी युवा आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे समीक्षा गरी आवश्यक निर्णय लिइने बताए ।

प्रतिक्रिया