नेपालका खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

नेपालका खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

Women-Cricket-1

काठमाडौं ।नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा नेपाली खेलाडीले ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् ।

राष्ट्रिय महिला क्रिकेट टिमको तयारी स्वरूप खेलाडीले सिरिज खेल्ने क्यानले जनाएको छ । त्यसलगत्तै नेपाली टोलीले मलेसियामै अक्टोबर २(८ मा मलेसियासँग ५ खेलको टी-२०आई सिरिज खेल्नेछ ।

 सिरिज खेल्ने १४ खेलाडी

इन्दु वर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर ।

प्रतिक्रिया

भर्खरै