संविधान दिवस भव्य रुपमा मनाउन एमालेको आह्वान

संविधान दिवस भव्य रुपमा मनाउन एमालेको आह्वान

_cpn-uml-1

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यस वर्षको संविधान दिवसलाई भव्य र विशेष ढङ्गले मनाउन आफ्ना सबै तहका कमिटीलाई निर्देशन दिएको छ।

पार्टी महासचिव शंकर पोखरेलले  मंगलबार जारी गरेको विज्ञप्तिमा  वर्तमान संविधान नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक गणतन्त्र  र राष्ट्रिय सार्वभौमिकताको आधारशिला बताइएको छ। एमालेले हालै २३ र २४ भदौमा भएका दुःखद घटनाका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको र सङ्घीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्रहरू भइरहेका भन्दै संविधानको संरक्षण र स्थायित्वका लागि पार्टी सङ्गठनहरूलाई सक्रिय रहन आग्रह गरेको हो।

पार्टीले असोज ३ गते सबै प्रदेश र जिल्ला तहमा संविधान दिवसका कार्यक्रमलाई भव्यतापूर्वक मनाउन निर्देशन दिएको छ। यससँगै काठमाडौँ उपत्यकामा भने केन्द्रीय स्तरको विशेष कार्यक्रम पार्टी कार्यालयमा च्यासलमा आयोजना गरिने  विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया