सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

Sudan-Gurung-1

काठमाडाै‌ं । मनलाग्दी मन्त्रिमण्डल गठन गरेको आरोप लगाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटार अगाडि जोरदार नाराबाजी गरी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ।

समूहका आन्दोलनकारीहरूले गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका थिए। सहभागिहरूले “सहजकर्ता बनेर आएको मानिसलाई किन गृहमन्त्री बनाइयो?” भन्दै आक्रोश सयर गरे र यस्तो नियुक्ति परिवर्तन नभए आन्दोलन थप तीव्र हुने चेतावनीसमेत दिए।

कार्यक्रमका क्रममा सुदन गुरुङले प्रधानमन्त्री कार्कीलाई सिधा सम्बोधन गर्दै भने, “हामीले नै प्रधानमन्त्री बनाएर यहाँ ल्याएका हौं। यस्तै भयो भने हटाउन सक्ने क्षमता पनि राख्छौं।” उनीहरूले आन्दोलन ‘अपहरणमा परेको’ बताउँदै यसरी शासन सञ्चालन गर्न नदिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया