पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

540766927_10230260483164008_8306464560386892356_n

पोखरा ।
कलम बचत तथा ऋण सहकारी संस्था तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको सहकार्यमा पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको परिसरमा पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम भएको हो ।
राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर स्थापना गरिएको पुस्तकालयले आम नागरिक, सेवाग्राही तथा ट्राफिक प्रहरी कर्मचारीहरुको लागि ट्राफिक शिक्षा, सचेतना, कला, साहित्य, मनोरञ्जनका क्षेत्रमा ज्ञान प्रवद्र्धन गर्नुका साथै यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुमा तनाव व्यवस्थापन,उत्प्रेरणा अभिवृद्धि, कार्यमैत्री वातावरण निर्माण गर्नमा सहयोगसिद्ध हुने अपेक्षा गरिएको छ ।


सडक सुरक्षाको जिम्मेवारी वहन गर्दै दिनरात निरन्तर खटिनुहुने ट्राफिक प्रहरीहरूको शैक्षिक, मानसिक तथा व्यक्तित्व विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको आग्रहअनुसार दुवै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तकहरू हस्तान्तरण गरेको जनाएका छन् ।

प्रतिक्रिया