पोखरा । पोखरामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठपानी बस्ने ५३ वर्षीया छुनु भनिने जमुना नेपालीको हत्या गर्ने उनकै श्रीमान ५८ वर्षीय जंगे सार्की पक्राउ परेका हुन् ।
जिल्ल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले दिएको जानकारी अनुसार जग्गा बच्ने विषयमा विवाद हुँदा सार्कीले श्रीमतीलाई मुक्का प्रहार गर्दा भित्तामा ठोक्किएर उनको ज्यान गएको हो । सार्कीले प्रहरीलाई दिएको वयान अनुसार गत साउन ६ गते साँझ जंगे नेपालीले एक गिलास मदिरा सेवन गरेको र जग्गा बच्ने विषयमा विवाद हुँदा श्रीमतीलाई दुई मुक्का प्रहार गरेका थिए । उनले मुक्का हान्दा श्रीमीत भित्तामा ठोक्किएको सार्कीले प्रहरी समक्ष बताएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको हो । ज्यालादारी काम गर्ने सार्कीले श्रीमतीको बारेमा दुई दिनसम्म कुनै चाँसो नराखेको र घरभित्रबाट शवको गन्धआएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले सार्कीलाई साउन ८ गते पक्राउ गरेको हो ।
जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ५ रिमान स्थायी घर भएका सार्की पोखरा २७ रिठ्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाई विगत २० वर्षदेखि श्रीमतीसँग बस्दै आएका थिए । उनको पहिलो श्रीमतीले १ वर्षको छोरा छोडेर अनेत्र विवाह गरे पश्चात जमुना नेपाली सार्कीसँंग दोस्रो विवाह गरेको र पहिलो श्रीमतीतर्फको छोरालाई जमुनाले पालन पोषण गरी हुर्काएकोमा अहिले विवाह गरेर परिवारसहित पुरानो घर माछापुच्छ्रे गापा वडा नं. ५ रिमानमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी उनको अनुसन्धान प्रक्रिया अगाडि बढेको एसपी ओलियाले जानकारी दिए ।