चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु,

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु,

accident-in-chitwan

चितवन । चितवनको राप्ती नगरपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

शनिबार बिहान धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख–३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ज–२९९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए। दुर्घटनाबारे जानकारी दिँदै चितवनका डिएसपी रविन्द्र खनालले घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको बताए।

उनका अनुसार मृतकहरुको पहिचान भइनसकेको र घाइतेको उपचारसँगै उनीहरूको परिचय खुलाउने काम भइरहेको छ। दुर्घटनापछि ठोक्किएका दुवै सवारीसाधन सडकमा रहेकाले केही समय राजमार्गको सो खण्डमा सवारी आवागमन ठप्प भएको थियो। अहिले भने डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया