कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड १९ लाख

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड १९ लाख

ram-bahadur-magar-1562025010524-1000×0

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए ।

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिईएको रानाले जनाएका छन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य पूर्वाधार विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको जानकारी दिए । विराटनगरस्थित शैलजा हृदयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । साथै, प्रदेशभर स्वास्थ्य चेतना अभिवृद्धि गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक अभियान सञ्चालन गरिने योजना छ ।

प्रदेशका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ भने औषधि खरिदका लागि ३ करोड ६१ लाख रुपैयाा छुट्याइएको छ । खोटाङमा प्रसोधन केन्द्र स्थापना गर्न ३ करोड रुपैयााको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया