पोखराका ज्येष्ठ नागरिकलाई बागलुङकालिका र पञ्चकोटको तीर्थयात्रा

पोखराका ज्येष्ठ नागरिकलाई बागलुङकालिका र पञ्चकोटको तीर्थयात्रा

jastanagarik photo

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो ।

दुईवटा वसमा एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विधाई गर्नु भएको थियो । उहाँका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ ।

स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखेमा निजको सन्तान वा नागरिकको हकवालाको आयश्रोतवाट केही प्रतिशत कटौती गरि सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक निती रहेको उहाँले जानकारी दिनुभयो ।वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र तारासेवा एवम् सुचना अधिकृत रुद्रथापा मगर र प्राविधिक हरिहर खड्काले तिर्थयात्रामा सहभागिहरु सेवा पु¥याउँनु भएको थियो । यात्रा टोली आजै पोखरा फर्कने कार्यक्रम रहेको छ ।

वडा कार्यालयले जेष्ठनागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीकाको तिर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

भर्खरै