पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे सुरु

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे सुरु

Screenshot

Screenshot

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहीबारदेखि बुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो । बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट पार्नु भयो ।

विद्यार्थीलाई विज्ञान प्रविधि र इन्जिनियरिङ कला व्यवस्थापन, मोवाईल, ल्यापटप मर्मत देखी प्लबिङ र हाउस वायरिङका शिप सिकाईने अध्यक्ष थापाले बताउनु भयो । घरमा सामान्य धारा र विजुली विग्रदा पनि जनशक्ति खोज्न हिड्नु पर्ने बाध्यतालाई अन्त्य गर्न विद्यार्थीहरु सफल हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, सुजता बराल सुनार, रामज्योति मा.वि का प्रधानाध्यापक गुमनाथ लामिछाने, विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कुल बहादुर थापा, भवानी कालिका मावि का प्रधानाध्यापक रमेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, वडा नंं २६ का सूचना अधिकारी नवराज सापकोटा र सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेल लगायतले बुक फ्रि डे का बारेमा बोलेका थिए ।

कार्यक्रमका लागि चालु आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरिएको छ । तीन सामुदायिक विद्यालयका आठ, नौ र दश कक्षाका झण्डै दुई सय पचास विद्यार्थी कार्यक्रममा समावेश हुनेछन् ।

प्रतिक्रिया