यु १६ गण्डकी छनौंट क्रिकेट : पर्वत ९ विकेटले विजयी

यु १६ गण्डकी छनौंट क्रिकेट : पर्वत ९ विकेटले विजयी

mom-Parbat-780×470

पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ । पर्वतले स्याँग्जालाई ९ विकेटले हराएको हो । यो जितसंगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ । यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसंग पराजित भएको थियो ।

ग्रुप टेवलमा पर्वत र नवलपुर दुवैले १ जित संगै समान २ अंक जोड्दा पहिलो खेल खेलेको स्याँग्जा अंक विहिन छ । यद्यपी उसले आइतबार हुने खेलमा नवलपुरलाई फराकिलो अन्तरले पराजित गरेमा उसको सम्भावना पनि कायमै रहने छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको स्याँग्जाले पुरा २४ ओभरमा १ सय १९ रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो । स्याँँग्जाका भुवन भट्टराईले सर्वाधिक ३१ रन बनाए । ४८ बलको सामना गरेका भुवनले ४ चौका प्रहार गरेका थिए । त्यस्तै आयुष भट्टराईले १४ रन जोडे । ओपनर अभिषेक भट्टराईले ७ बलमा १० रन बनाए । अन्य ब्याट्स्म्यानहरुले सम्हालिएर खेल्न नसक्दा स्याँग्जाको पारी सस्तैमा समेटिन पुग्यो । पर्वतका बलरहरु अनुप सिंह, गणेश श्रेष्ठ र आकल्प श्रेष्ठले समान २÷२ विकेट लिए ।

जितका लागि १ सय २० रनको लक्ष्य पाएको पर्वतले १३.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । पर्वतका विनय कार्की र प्रतिक रावलले उत्कृष्ट गरे । विनयले ४७ बलमा २ छक्का र ४ चौका सहित ४६ रन जोडे भने प्रतिकले ३० बलमा ६ चौका प्रहार गर्दै ४१ रन हाने । तेज पारी खेल्दै टिमलाई जितको बाटो देखाएका प्रतिक प्लेयर अफ द म्याच भए ।

प्रतिक्रिया