पोखर। नवौँ प्रधानमन्त्री (पिएम) कप एनभिए भलिबल पोखरा रंगशालाशाको बहुउद्देश्यीय कभर्ड हलमा जारी छ । प्रतियोगिताको दोस्रो दिन शुक्रबार पनि ६ खेल हुने भएका छन् । आयोजक नेपाल भलिबल संघका अनुसार पुरुषतर्फ ४ खेल र महिलातर्फ २ खेल हुनेछन् ।
शुक्रबारबार पुरुषतर्फको पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्टस् काउन्सिलबिच, दोस्रो खेल नेपाल पुलिस क्लब र कोशी प्रदेश स्पोर्टस् विकास काउन्सिलबिच, तेस्रो गण्डकी प्रदेश भलिबल एसोसिएसन र त्रिभुवन आर्मी क्लबबिच, चौँथो खेल मणिमुकुन्द भलिबल क्लबबचि प्रतिष्पर्धा हुनेछ ।महिलातर्फको पहिलो खेल न्यु डाइमण्ड क्लब र कर्णाली प्रदेश स्पोर्टस् विकास काउन्सिलबिच र दोस्रो खेल नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लबबिच हुनेछ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन बिहीबार महिलातर्फ २ र पुरुषतर्फ ४ गरी ६ खेल भएका थिए । महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपिएफ क्लब विजयी भए भने पुरुषतर्फ एपिएफ, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोटर््स क्लब र नेपाल पुलिस क्लब विजयी भएका थिए । १५ गतेसम्म चल्ने प्रतियोगितामा दुबैतर्फका विजेताले ८ लाख, उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । राउन्ड रोबिन लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।