लायन्स कप भलिबलमा सेमिफाइनल समिकरण पूरा

लायन्स कप भलिबलमा सेमिफाइनल समिकरण पूरा

lions volley ball 4 team photo

पोखरा । लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय ३ टिम र विदेशी इरानको टिम सेमिफाइलनमा पुगेका हुन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिसपनि सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टिम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टिम एपिएफ पनि सेमिफाइनल पुगेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपिएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुबै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह बीको उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । दोस्रो सेमिफाइनल खेल समूह बी विजेता नेपाल पुलिस क्लब र समूह ए उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

भर्खरै