पोखरा—बुटवल सिद्वार्थ राजमार्ग विस्तारको लागि २० अर्ब बजेट

पोखरा—बुटवल सिद्वार्थ राजमार्ग विस्तारको लागि २० अर्ब बजेट

siddhartha-rajmarga2023-04-30-08-04-15

पोखरा । सिद्धार्थ राजमार्ग अन्तर्गतको पोखरा–बुटवल सडक स्तरोन्नति हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले बुधबार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन सार्वजनिक गर्दै सुझावका लागि सूचना जारी गरेको छ । पोखरा—बुटवल सडक स्तरोन्नति परियोजनाले यातायात सहज बनाउनुका साथै व्यापार, पर्यटन र स्थानीय रोजगारी प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

४ वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक स्तरोन्नतिका लागि १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । दीर्घकालीन समस्या समाधानका लागि ९ अर्ब ३७ करोड २० लाख रुपैयाँमा पुल संरचना (भायाडक्ट) र सुरुङ निर्माण प्रस्ताव गरिएको छ । सडक पोखराको पृथ्वीचोकबाट सुरु भई स्याङ्जा, पाल्पा हुँदै बुटवलको गोलपार्कमा टुंगिन्छ ।

सडकको लम्बाइ १ सय ५७ किलोमिटर छ । स्तरोन्नतिपछि सडकको चौडाइ ५० मिटर हुनेछ । सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र १ मिटरको नाली रहने प्रतिवेदनमा छ । सडकमा ३ सय २५ वटा पाइप कल्भर्ट, १६ वटा आर्क कल्भर्ट, ४० मिमी बिटुमिनस वेयरिङ कोर्स निर्माण गरिने भएको छ ।

प्रतिवेदनका अनुसार सडक विस्तारका लागि ५४.१२ हेक्टर जग्गा आवश्यक छ । त्यसमा ९१.४२ हेक्टर खेतीयोग्य भूमि र १५.१८ हेक्टर वन क्षेत्र पर्छ । यो आयोजनाले २ हजा। ९ सय ८२ वटा रुख तथा पोलहरू कटानी गर्नुपर्ने देखिएको छ । सडक विस्तारका क्रममा ३ सय ५५ घरधुरी, २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा, १५ वटा सार्वजनिक शौचालय, १६ वटा चौतारा, ४६ वटा बिजुलीका पोल, ७ वटा ट्रान्सफर्मर, १३ वटा मठ–मन्दिर प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । समाधान दैनिकमा समाार छ ।

प्रतिक्रिया