पोखरा महानगरका कर्मचारी कपिल घुससहित पक्राउ

पोखरा महानगरका कर्मचारी कपिल घुससहित पक्राउ

Kapil-GirY

पोखरा । पोखरा महानगरपालिकाका  फाइल फर्छ्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत कपिल गरी पक्राउ परेका छन् ।

प्रशासकीय अधिकृत रहेका गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो पक्राउ परेका हुन् । अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जनाए ।

गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टीकरण वा प्रश्नहरुको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी गिरीले घुस मागेका थिए ।

महानगरपालिका कार्यालयभन्दा बाहिर अख्तियारका कर्मचारीले गिरीलाई पक्रेका हुन् । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले आयोगको टोलीसँग बताएका छन् । स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगपालिकामा थिए । बढुवा भएपछि पोखरा महानगर पोस्टिङ भएका उनी केही समय वडा नम्बर १७ मा थिए । त्यसपछि उनलाई महानगर ल्याइएको थियो ।

प्रतिक्रिया