पोखरा १२ माटेपानीकाे हिल्सबड मन्टेश्वरीद्वारा ४४ जना विद्यार्थी दीक्षित

पोखरा १२ माटेपानीकाे हिल्सबड मन्टेश्वरीद्वारा ४४ जना विद्यार्थी दीक्षित

hill-bud-montessori-pokhara1-750×375

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित हिल्सबड मन्टेश्वरीले यूकेजीमा अध्ययनरत ४४ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

आइतबार दीक्षान्त समारोह आयोजना गरी मन्टेश्वरीले विद्यार्थीलाई दीक्षित गरेको संयोजक देवकी सापकोटाले जानकारी दिइन् ।

हिलप्वाइन्ट माविका प्राचार्यसमेत रहेका दिवाकर जैशीले विद्यार्थीलाई प्रमाणपत्रद्वारा दीक्षित गरेका हुन् ।

कार्यक्रममा प्राचार्य जैशीले बालबालिकालाई सानैदेखि असल संस्कार सिकाउनुपर्ने बताए । उनले मन्टेश्वरीले बालबालिकालाई खेल्दै, रमाउँदै, पढ्दै गर्ने वातावरण सिर्जना गरेको बताए ।

हिलप्वाइन्ट माविले सञ्चालन गरेको हिल्सबस मन्टेश्वरीमा एक सय ५० विद्यार्थी अध्ययरत रहेको संयोजक सापकोटाले बताइन् ।

२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै