पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको आठौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले एउटा व्यवसायीक संस्थाले आफ्ना सदस्यहरुको हक हितको लागि धेरै राम्रो काम गरेकोमा बधाई दिदै आगामी दिनमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सम्पुर्ण सदस्यहरुको सयोगले आफ्नो पहिलो वर्षको कार्यकाकालमा दुर्घटना बिमा,स्वाथ्य उपचरमा छुट,रक्तदान लगाएत धैरन राम्रा कामहरु भएको बताउदै अध्यक्ष श्रेष्ठले बर्ष भरि गरेको उपलब्धि सहित संघको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल माइक्रो इन्सुरेन्स पोखरा सभागृहका शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दुर्घटना बिमाको बारेमा ब्यबसायीलाई जानकारी गराएका थिए । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष सस्थापक अध्यक्ष संघका पुर्ब अध्यक्ष एबम सल्लाहकारहरु लगायतले बोलेका थिए ।
पोखरा १८ मेथलाङमा भएको उक्त साधारणसभा कार्यक्रममा संघका सदस्यहरु विच रमाईलो बनभोज कार्यक्रम समेत गरिएको थियो । सघका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा र्सघका उपाध्यक्ष लिलाम्बर सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए भने सघका महासचिब मुक्ति प्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए ।