पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले आफ्ना सदस्यहरुलाई १ लाख सम्मको दुर्घटना बीमा गरेको छ । संघले आफ्ना १२७ जना सदस्यहरुलाई दुर्घटना बीमा गराएको हो ।
संघले नेपाल माईक्रो इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । कुल बिमांक रकम १ करोड २७ लाख रुपैयाँ रहेको छ । सम्झौता अनुसार संघका हरेक सदस्यको प्रतिव्यक्ति १ लाखका दरले दुर्घटना बीमा भएको छ ।
संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सदस्यहरुलाई विभिन्न खालका दुर्घटनाको जोखिम हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरुको बीमा गराइएको बताए । आफ्ना सदस्यहरु कदम कदाचित कुनै खालको दुर्घटनामा परिहालेको खण्डमा त्यसको बहन गर्न बीमा कम्पनीसँगको सहकार्यमा प्रति सदस्य १ लाखका दरले सबै सदस्यहरुको बीमा गरीएकोले यो संघको लागि ऐतिहासिक र गौरवको काम भएको अध्यक्ष श्रेष्ठले बताए । संघले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य जोखिममा समेत सचेत रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सघंका उपाध्यक्ष लिलाम्बर सुवेदीको सयोजकत्वमा दुर्घटना बीमा सम्बन्धी सम्झौता गरिएको हो ।