बहुमूल्य ढुंगा दिने भन्दै १३ लाख ५० हजार ठगी आरोपमा ३ पक्राउ

बहुमूल्य ढुंगा दिने भन्दै १३ लाख ५० हजार ठगी आरोपमा ३ पक्राउ

arested news pokhara

पोखरा । करोड पर्ने बहुमूल्य ढुंङ्गा दिन्छु भनी १३ लाख ५० हजार ठगी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बिक, सोही ठाउँ बस्ने वर्ष ३६ को राजन बिक र खोटाङ हलेसी नगरपालिका वडा नं.१ बस्ने वर्ष २७ की जुनु भन्ने लक्ष्मी राईलाई लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी उनीहरुले कुन्ता सुब्बा गुरुङसँग तेह्र लाख पचास हजार गठी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको जाहेरीका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ईन्दिरा बिक र राजन बिकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, विभिन्न बैकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ४ प्रहरीले बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

भर्खरै