पोखरामा ब्याक टु नाइन्टिज सांगीतिक कार्यक्रम आज

पोखरामा ब्याक टु नाइन्टिज सांगीतिक कार्यक्रम आज

Band ka Vocalist Haru

पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नब्बेको दशकमा ब्यान्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याती कमाउन सफल ७ वटा ब्यान्डहरुले प्रस्तुति दिनेछन् ।

कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिनेछन् । कार्यक्रम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।

ब्यान्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा ब्यान्डहरुको राजधानी थियो । कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुतीमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य रहेको छ भने पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहेको छ ।

प्रतिक्रिया

भर्खरै