कुँवरलाई कास्की कांग्रेस प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

कुँवरलाई कास्की कांग्रेस प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

congress

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी युवराज कुँवरलाई दिइएको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

बैठकले विभिन्न कारणले रिक्त रहेका ४ जनालाई जिल्ला सदस्यमा चयन गरेको छ । जिल्ला सदस्यहरुमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी चयन भएको नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

बैठकले पार्टीका क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गर्ने निर्णय समेत गरेको छ । नेपाली कांग्रेस कास्कीका सहसचिव शंकर ढुंगानाको संयोजकत्वमा रामजीप्रसाद कोइराल र सुरेन्द्र अधिकारी सदस्य रहेको पार्टीको लेबी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बैठकले भरतप्रसाद तिवारी, भरत थापा, डिल्लीराम भट्टराईलाई आमन्त्रित सदस्यमा मनोनित गरिएको सहसचवि सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया