पोखरा । पोखराको गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलमा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ । फिस्टेल हस्पिटलको तेस्रोे तल्लामा रहेको सेन्टरको फिस्टेल हस्पिटलका मेडिकल डिरेक्टर दीपेश कार्कीले स्त्री तथा प्रसूति र बाँझोपन रोग विशेषज्ञ डा.अनु हिराचन, डा राजीब लालचनका साथमा रिबन काटेर शुभारम्भ गरेका हुन् ।
नि:सन्तानको पूर्ण समाधान गर्ने गरी फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याइएको हिराचनले बताइन् । उपचारको लागि पोखराबाट काठमाडौं जानुपर्ने, त्यहाँपनि भएन भने विदेशमा जानुपर्ने, खर्च पनि बढ्ने लगायतका समस्याहरुको निराकरणको लागि पोखरामै सेवा दिने गरी सेन्टर स्थापना गरिएको उनको भनाइ छ ।
महिलाको उमेर ३० कटेपछि अण्डाको गुणस्तर घट्दै जाने र ४० कटेपछि पुरुषको शुक्रकिटको गुणस्तरमा कमी हुने हुँदा निसन्तान हुने संभावना बढ्ने हिराचनले बताइन् । प्रविधिसँगको विशेष उपचार विधिबाट सेवा दिन फर्टिलिटी सेन्टर स्थापना गरिएको उनको भनाइ छ ।