पोखराको कलम सहकारीको अध्यक्षमा मनोहरि सापकोटा चयन

पोखराको कलम सहकारीको अध्यक्षमा मनोहरि सापकोटा चयन

manohari

पोखरा । पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाको चांैधौ साधारण सभा तथा पाँचौ अधिवेशनले मनोहरि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसमम्त चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रमेशराज बराल सचिवमा लालप्रसाद पाठक, सहसचिवमा वसुन्धरा कोइराला, कोषाध्यक्षमा प्रकाश बास्तोला चयन भए । सदस्यहरूमा शालिकराम देवकोटा, लोकराज दाहाल, प्रेम राना, चन्द्रदिव्याश्वरी भण्डारी चयन भएका छन् । संस्थाको लेखा संयोजकमा किरण बराल तथा सदस्यहरुमा दीपेन्द्र पोखरेल, सरिता गिरी चयन भएका छन् ।

यस अघि सहकारीकोे अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले प्राइभेट रुपमा चलेका सहकारीहरू जोखिममा रहेको बताए । सहकारीले धेरै निक्षेप संकलन गर्दैमा राम्रो नहुने बताए । तिवारीले महानगरपालिका भित्र रहेका सहकारी मध्ये कलम सहकारीले सन्तोषजनक काम गरिरहेको बताए ।

सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेमबहादुर श्रेष्ठले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी सहकारी बन्न सक्नुपर्नेमा जोड दिए । सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकार ऋषिराम शर्मा भण्डारीले कलम सहकारी कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पाकुमारी आचार्य, लेखापरीक्षक रुद्रनाथ पौडेल, कास्की बचत संघका सचिव मीनराज तिमिल्सेना, पत्रकार सुष्मा पौडेल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कवीन्द्र पोखरेल, शेयर सदस्य नवीन नापित,राष्ट्रिय सहकारी बैकका ईन्द्र कुवँर, सहकारीका व्यवस्थापक सन्तोष लामिछाने लगायतले सहकारीको बारेमा बोलेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले अध्यक्षको प्रतिवेदन, लेखा संयोजक रमेशराज पोखरेलले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष प्रकाश गिरीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष मनोहरि सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका सहसचिव शिवराज बास्तोलाले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए ।

कार्यक्रममा कलम सम्मानबाट सहकारीका परिकल्पना तथा सहकारीका पूर्वअध्यक्ष सल्लाहकार ऋषिराम शर्मा भण्डारी, सहकारीका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई ज्येष्ठ सदस्य सम्मान तथा उत्कृष्ट कर्मचारी सम्मानबाट संगीता पोखरेललाई सम्मान गरिएको थियो ।
उत्कृष्ट कारोबार सम्मान खेमानन्द पोखरेल, कवीन्द्र पोखरेल र अनील बडगामीलाई गरिएको थियो भने शेयर सदस्यका छोरा छोरीहरु मध्ये प्लस टु,स्नातक, स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो । सहकारीका अध्यक्ष अर्जुनप्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव राजेन्द्र घिमिरेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया