पोखरा । पोखरा टेलिभिजनले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सवमा नेपाल मगर संघ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्राह्मण, क्षेत्री, गन्धर्व समुदायबीच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो ।
च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी , कलाकार सरला पाण्डे, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, कार्यक्रम संयोजक घनश्याम पाण्डेय लगायत च्याम्पियन अवार्ड, चेक, हस्तान्तरण गरे ।
प्रतियोगितामा सहभागी सबै समूहलाई टेलिभिजनले नगद ५ हजार र प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नेपालीहरूको संस्कृति संरक्षण गर्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बतए । पर्यटनको लागि संस्कृति र प्रकृति महत्वपूर्ण रहेको बताए । कार्यक्रम १५ देश भन्दा धेरै देशका विदेशी पर्यटकहरूको पनि सहभागिता रहेको थियो ।