शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

sukla pic1

पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन लागेको हो । प्रतिष्ठानले सोमवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत वहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए ।

लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय छ ।वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ । राष्ट्रिय पुरस्कारवाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य,डा रविलाल अधिकारी,साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा वराल वात्सायन,चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी,भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मि प्राडा जगमान गुरुङलाई प्रदान गरिसकिएको छ ।त्यस्तै वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेलघर्मेलीले प्राप्त गर्नुभएको सहसचिव संजय थापाले जानकारी दिनुभयो ।दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सीनाको संयोजकत्वमा  गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेका हो ।

प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विघा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले नेपाली साहित्य, कला र विभिन्न क्षेत्रमा प्रतिष्ठानले निकै ठुलो योगदान पुर्याएको वताउदै, प्रतिष्ठान राष्ट्रिय स्तरको भएपनि ओझेलमा पर्ने गरेको गुनासो गरे ।  प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेत, सचिव दिपेन्द्र वाँनियाले नवोदित तथा स्थापित श्रष्टालाई प्रोत्साहन र सम्मान गर्ने उद्घेश्यले पुरस्कार स्थापना गरी अर्पण गरिएको बताए ।

प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र वाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आईरहेको छ ।

प्रतिक्रिया