पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

petrol

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

निगमले पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ । पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैंयाँ भएको छ ।

प्रतिक्रिया