कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका

कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका

karagar-Tanahu

तनहुँ । बडादसैँको मुख्य दिन तनहुँ जिल्ला कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५:३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे । कारागारमा रहेका कैदीबन्दीले दसैं मनाउनका लागि रकम सङ्कलन गरेका थिए ।

सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदीबन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो । केही कैदीबन्दीले मूढा बिक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया