पोखरा । पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ लाख रुपैयाँ जरिवाना गरेको छ । पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिएर ग्राहकमाथि ठगी गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले हिजो कारबाही गरेको हो ।
कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम उक्त जरिवाना गरिएको जिल्ला प्रशासन कायर्उालय कास्कीको सूचनामा उल्लेख गरिएको छ ।
उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामग्री बिक्री नगर्न निर्देशनसमेत सूचनामा उल्लेख छ ।