काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश उनलाई नियुक्त गरेका हुन् । आजै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष भइसकेका उनी वरिष्ठ अधिवक्ता हुँदा सर्वोच्च अदालतमा नियुक्त भएका थिए । सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा काम गरेको आठ वर्षपछि उनले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।