लमजुङ । लमजुङ मर्याङ्दी गाउँपालिका–२ मा एक बाबुले आँसी प्रहार गर्दा छोराको मृत्यु भएको छ । २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेको त्यसपछि उनीहरूबीच विवाद हुँदा बाबु ५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको आँसीले सोमबहादुरको घाँटीमा गम्भीर चोट लगेको थियो ।
चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा शनिबार बिहान मृत्यु भएको हो ।
अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही अगाडि बढेको प्रहरीको भनाइ छ। मृतक सोमबहादुरका एक छोरी र श्रीमती छन् ।