पोखरा आर्ट ग्यालरीमा मनसुन कला प्रदर्शनी

पोखरा आर्ट ग्यालरीमा मनसुन कला प्रदर्शनी

kala

पोखरा असोज ६ । सिर्जनशील कलाकार समूह पोखराको आयोजनामा मनसुन कला प्रदर्शनी पोखरा आर्ट ग्यालरीमा जारी रहेको छ । गत असोज ३ गतेबाट सुरु भएको सामूहिक कल प्रदर्शनी असोज ९ गतेसम्म चल्ने सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताए ।

उनका अनुसार प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा पुगेका जो कोहीले भित्तामा टाँसिएका हरेक कलाकृतिलाई रुचिपूर्वक अवलोकन गरिरहेको अध्यक्ष गुरुङले बताए ।

देशका विभिन्न स्थान र परिवेशलाई आफ्ना कलामा प्रस्तुत गरिएका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको उनेको भनाइ छ । कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लागेका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका उनले उल्लेख गरे।

प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको संख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताए । पछिल्ला समयमा कलाकारप्रति धेरै युवाको आकर्षण बढ्दो रहेको पाइएको भन्दै उनले कक्षा १२ को परीक्षा दिएर कला सिकिरहेको जानकारी दिए ।

कला क्षेत्रको विकासका लागि करिब दुई दशकदेखि सिर्जनशील कलाकार समूहमा आवद्ध भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन्। कला प्रदर्शनीको गण्डकी प्रदेशका अर्थ मन्त्री डाक्टर टकराज गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया