पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान

पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान

4

तस्वीर सौजन्यः सुदर्शन रञ्जित

पोखरा ३० भदौ । पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई आज पोखरामा सम्मान गरिएको छ ।
तेक्वान्दो संघ गण्डकी र तेक्वान्दो संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् ।

तस्वीर सौजन्यः सुदर्शन रञ्जित

कार्यक्रममा उनलाई पोखरा महानगरपालिकाले २ लाख २ हजार २ सय २२, गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार र कास्की जिल्ला तेक्वान्दो संघले ५० हजार ५ सय प्रदान गरिएको थियो । पोखरा महाहनगरपालिका प्रमुख धनराज आचार्यल पनि नगदसहित सम्मानपत्रले सम्मान गरेका थिए ।

तस्वीर सौजन्यः सुदर्शन रञ्जित

उनले पेरिस पारा ओलम्पिकमा तेक्वान्दो अन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी हुन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै इतिहास रचेकी थिइन् ।   तस्बिर : सुदर्शन रञ्जित

तस्वीर सौजन्यः सुदर्शन रञ्जित

तस्वीर सौजन्यः सुदर्शन रञ्जित

प्रतिक्रिया