पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै

पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै

pcci1

पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो ।

चुनावमा वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्वमहासचिव अर्जुन पोखरेल अध्यक्षका लागि चुनावी मैदानमा छन् । नेतृत्वका लागि कार्की प्यानल नबनाई लड्ेका हुन् भने पोखरेल प्यानलसहित चुनावी मैदानमा थिए । अध्यक्षमा कार्की र पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष महासचिव र कोषाध्यक्षमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ सर्वसम्मत बनेका हुन् । उपमहासचिवमा वर्तमान कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानांगबीच प्रतिस्पर्धा हुँदैछ । पदाधिकारी निर्विरोध हुँदा कर्पोरेटतर्फ कार्यसमिति सदस्यमा वन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध निर्वाचित भएका छन् । औद्योगिक सदस्यमा पनि एकनारायण गौतम निर्वारोध निर्वाचित भएका छन् ।४ जनाको वस्तुगत सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दिएका हुन् ।

१० कार्यसमिति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रदीपराज राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया