युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका १७ वर्षीय खेलाडी यामलले ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड जितेका हुन्।

युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए।

यो संस्करणमा उनको सर्वाधिक असिस्ट हो।
यामलले सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा उत्कृष्ट गोल गर्दै स्पेनलाई फाइल यात्रा गराएका थिए।
स्पेनका मिडफिल्डर रोड्री युईएफए युरो कप २०२४ का सर्वोत्कृष्ट खेलाडी घोषित भए।
स्पेनले प्रतियोगिताको उपाधि जितेसँगै रोड्री उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
रोड्रीले स्पेनका ७ मध्य ६ खेलमा सुरुवाती रोजाइमा रहेर खेले।
उनको फाबियान रुइज मिलेर स्पेनको मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे।
डिफेन्सिभ मिडफिल्डर उनले जर्जिया विरुद्धको खेलमा गोल समेत गरेका थिए।
इंग्ल्याण्डविरुद्धको फाइनल खेलमा भने चोटका कारण उनले मध्यान्तरमा मैदान छाडेका थिए।