गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार शपथ लिए लगत्तै पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरुमा गर्भवती तथा सुरत्केरी महिलाका लागि महत्वपूर्ण निर्णय गरेका छन्।
गर्भवती तथा सुरत्केरी महिलाका लागि आवास स्थापना तथा संचालन गर्ने र स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको छनौट तथा ब्यवस्थापन र परिचालनका लागि स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने समेत निर्णय गरेका छन्।

This will close in 10 seconds