अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा गण्डकीको महिला भलिबल टोलीलाई रजत पदक

अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा गण्डकीको महिला भलिबल टोलीलाई रजत पदक

गण्डकी प्रदेश महिला भलिबल टोली Final

वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा महिला भलिबलतर्फ गण्डकी प्रदेशले रजत पदकमा चित्त बुझाएको छ।

सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा गण्डकी उपविजेता बनेको हो।

राष्ट्रिय खेलकुदको भलिबल फाइनलमा गण्डकीको महिला भलिबल टोली आयोजक बागमति प्रदेशसँग ३–० को सोझो सेटमा पराजित हुन पुगेको हो।

पहिलो सेटमा केही उत्कृष्ट प्रदर्शन गरेको गण्डकी २५–२२ ले गुमाउन पुग्यो।

देस्रो सेट २५–१४ ले गुमाएको गण्डकीले तेस्रो सेटमा खराब प्रदर्शन गर्दै २५–११ ले बागमतीलाई सुम्प्यो।

सम्पन्न प्रतियोगितामा गण्डकीकी कप्तान अरुणा शाहीले उत्कृष्ट सर्भरको उपाधि जितिन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds