प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।

गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गरेका हुन्।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, गोरखा र धादिङका सांसदहरुको सहभागिता थियो।
फिल्ड कार्यालय उद्घाटन गर्नुअघि प्रधानमन्त्री दाहालले बुढी गण्डकी जलविद्युत निर्माण क्षेत्रको निरीक्षण गरेका थिए।

This will close in 10 seconds