पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व

पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व

parbat samaj 2

अमेरिका ।
पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित Village Green परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन हुनुभएको छ। सदस्यहरूमा युवक श्रेष्ठ, सुदिन कुमार परियार, एम. प्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री निर्वाचित हुनुभएको छ।
महाधिवेशनको सभाध्यक्षता समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलले गर्नुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष हेमन मल्ल प्रमुख अतिथि तथा संस्थाका संरक्षक बाबुराम शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। निर्वाचन अधिकृतको भूमिका संस्थाका सल्लाहकार बसन्त चापागाईंले निर्वाह गर्नुभएको थियो भने निर्वाचन समितिमा संस्थाका अग्रज माया गिरी र कृष्ण कडेल रहनुभएको थियो।
कार्यक्रममा एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका अध्यक्ष दण्डपानी (बासु) लामिछानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत मन्तव्य दिनुभएको थियो। समाजमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका विभिन्न अग्रज व्यक्तित्वहरूले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन निवर्तमान सचिव विशाल रेग्मीले गर्नुभएको थियो। संस्थाका महासचिव प्रकाश शर्माले कार्यकाल २०२४–२०२६ को वार्षिक प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
महाधिवेशनमा न्यूयोर्कसहित अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्दै आएका पर्वतवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा समाजका संरक्षक, निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृतले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
यस अवसरमा बाग्लुङ सेवा समाज तथा बाग्लुङ स्पोर्ट्स क्लबद्वारा आयोजित प्रथम बाग्लुङ कपमा सहभागिता जनाउने सम्पूर्ण भलिबल खेलाडीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै, नेपाल डे परेडमा सक्रिय सहभागिता जनाउने महानुभावहरूलाई समाज तथा एनआरएनए एनसीसीको तर्फबाट प्राप्त प्रशंसापत्र वितरण गरिएको थियो।
महाधिवेशनले पर्वतवासीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया