पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ । वैशाख ६ गते आइतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्र अनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सोही अनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । चैत २८ र २९ गते मकवानपुरको हेटौडामा भएको नेपाल पत्रकार महासंघको चौथो कन्द्रीय पूर्ण बैठकले सबै शाखाले साधारण सभा गर्ने निर्णय गरेको थियो । बैठकले जिल्ला शाखाहरुले वैशाख १० देखि जेठ १० सम्म साधारण सभा सक्नुपर्ने मिति तय गरेको थियो ।
सोही अनुसार जेठ ९ गते मिति तय गरी तयारी सुरु गरिएको अध्यक्ष बरालले जानकारी दिए । महासंघको साधारण सभा हरेक डेढ वर्षमा गर्नुपर्ने प्रावधान छ ।