पोखरा ।बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८२ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ ।
क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशब बहादुर खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार अन्य व्यवसायीक मलहरू भन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मुल्यमा लिनको लागि ग्राहकहरूको पहिलो रोजाइमा परिरहेको बताए ।
कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक बुद्वि वहादुर कुँवरले संस्थालाई चलायमान बनाउनको लागी एशोशियसनले यस्ता नियमित कार्यक्रमहरू गरिरहेको बताउदै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले गर्नुेपर्ने हरेक कार्यक्रमहरू समयमा नै गर्दे आइरहेको बताए ।
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रम महासचिव राजु केसीले सन्चालन गरेका थिए ।