विश्वका १० सर्वाधिक प्रदूषित सहरमा काठमाडौं दोस्रो, भारतको दिल्ली पहिलो

विश्वका १० सर्वाधिक प्रदूषित सहरमा काठमाडौं दोस्रो, भारतको दिल्ली पहिलो

ktm

विश्वका सर्वाधिक प्रदूषित सहरमा एसियाली सहरहरू अगाडि देखिएका छन्। पछिल्लो वायु गुणस्तर सूचकांकअनुसार काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ भने भारतको दिल्ली पहिलो स्थानमा छ। सोमबार बिहानको तथ्याङ्कअनुसार दिल्लीको एयर क्वालिटी इन्डेक्स ३०२ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ हो। काठमाडौंको प्रदूषण स्तर २३७ छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ।

सूचीमा पाकिस्तानको लाहोर २१४ अंकसहित तेस्रो, भियतनामको हनोई १६७ अंकसहित चौथो र म्यानमारको याङ्गुन १६३ अंकसहित पाँचौँ स्थानमा छन्। चीनका बेइजिङ (१५४), ग्वाङ्झाउ (१५३), साङ्घाई (१४७) र वुहान (१२९) क्रमशः छैटौँ, सातौँ, आठौँ र दशौँ स्थानमा छन्। सेनेगलको डाकार १३२ अंकसहित नवौँ स्थानमा छ।

यो प्रदूषणले स्वास्थ्य जोखिम बढाएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीलाई बढी असर परेको छ। बिहानको समयमा काठमाडौंवासीले सावधानी अपनाउनुपर्ने विज्ञको सुझाव छ। मर्निङ वाक वा बाहिरी गतिविधि कम गर्न भनिएको छ। काठमाडौंको बढ्दो प्रदूषण रोक्न सरकार र सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने देखिन्छ। नागरिकन्युजबाट साभार ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds