नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया कार्यक्रम

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया कार्यक्रम

485866686_482087674871763_6906843678113900093_n

पाेखरा ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “ बर्तमान समय मा श्रमिकका चुनौति”विषयक “ अन्तरकिया कार्यक्रम २०८१/१२/१६ गते माछापुच्छे गाउपालिका ६ अस्ताम मा सम्पन्न गरियो ।

नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडीकल कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको,कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह-प्राध्यापक डा शंकर पौडेल र संगठन ब्यवस्थापन एंवम् परिचालन प्रमुख हरि बहादुर बस्नेत ले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोल्नुभएको थियो ।
अध्यक्ष कार्कीले श्रमीक का समस्या समाधान गर्न युनियन सधै तत्पर रहेको भन्दै संस्थाको प्रगती र विकासमा सधै इमान्दार एंवम् उतरदायी भएर कार्य क्षेत्रमा लाग्न आग्रह गर्नु भयो।
कायक्रममा कोषाध्याक्ष अमृत पौडेल ले युनियनको वित्तिय विबरण बारे प्रकाश पार्नुभएको थियो।युनियनमा बिशेष योगदान गर्नुहुने किशान परियार र सुर्य बहादुर कार्की लाई सम्मान गरिएको थियो।कार्यकम मा स्वास्थ्यकर्मी र चिकित्सक को व्यापक उपस्थिति थियो । यस्तो कार्यक्रमबाट ब्यवस्थापन र श्रमिक बिच सुमधुर सम्बन्ध स्थापित हुने कुरामा जोड दिदै स्वागत मन्तब्य डा शंकर पाैडल र कार्यक्रम सञ्चालन सचिब राजन पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया