पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब आहा रारा पोखरा गोल्ड कपको फाइलनमा प्रवेश गरेको छ । २४ औँ संस्करणको आहा रारा गोल्ड कपको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ४—० को फराकिलो गोल अन्तरले पराजित गरी बुल्स फाइनल पुगेको हो । ब्ल्याक बुल्सलाई जित दिलाउन साट्टोरोभले २ गोल र ओरिफजोनोभ, डाभ्लाट्जोनभले एक÷एक गोलको योगदान दिनुभयो । खेलको २४ औँ मिनेटमा साट्टोरोभले गोल गरेर टिमलाई अग्रता दिलाउनु भयो भने खेलको ६३ औँ मिनेट अर्को गोल गर्न सफल हुनुभयो । खेलको ५८ औँ मिनेटमा ओरिफजोनोभले ब्ल्याक बुल्सका लागि अर्को गोल गर्नुभयो ।
खेलको ८७ औँ मिनेटमा डाभ्लाट्जोनभले गोल गर्दै खेललाई ४—० मा पु¥याउनु भयो । डिबक्स भित्र रञ्दीप पौडेले मिलाइदिएको पासमा उहाँले गोल गर्नुभयो । बिहीबारको खेलमा थ्रीस्टार ब्ल्याक बुल्सका सामु निरीह देखियो । थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले खेल नराम्रो भएपनि टिमले बनाएको रणनीति सफल नभएको बताउनुभयो । उहाँले विदेशी टिम प्राविधिक रुपमा निकै राम्रो रहेको पनि स्वीकार गर्नुभयो ।
ब्ल्याक बुल्सले उपाधिको लागि नेपाल पुलिस क्लबसँग शनिबार फाइनल खेल खेल्नेछ ।
नेपाल पुलिस क्लबले पोखराको मैलानमा छ पटक गोल्ड कप उचालिसकेको छ । ब्याक्ल बुल्स आहा रारामा पहिलो पटक सहभागी भएको हो । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख १ रुपिँया पाउनेछ ।