filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 36;
पोखरा (नेपालय नेटवर्क) । पोखरामा अपांगता दिवस मनाइएको छ । ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपांगता दिवस मनाइएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित कार्यक्रम गरी मनाइएको हो ।
दिवसको अवसरमा पोखराको चिप्लेढुुंगाको मानव अधिकारचोकाबाट सुुरु भएको ¥याली न्यूरोडहुदैँ सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।र्यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बनिरहेको बताइन् । महानगर अन्र्तगतका कार्यलयहरु निर्माण भएका भवनहरु अपांगमैत्री बनेका छन् तर व्यत्तिगत घरमा लागुू गर्न कठिन रहेको बताउँदै छलफल गरेर अगाडि बढ्ने बताइन् । उनले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्न भूमिका खेलेको बताइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहीनहरुकोतर्फबाट गिरिधारी सुवेदी, सुस्तश्रवणहरुको तर्फबाट सुनीता थापा, श्रवणदृष्टिविहीनको तर्फबाट पुुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुुअपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुुन सुनार लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।