पोखरा । गण्डकी प्रदेश सांसद विमला गौचनको निधन भएको छ । ६३ वर्षीया उनको बुधबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको प्रदेश सांसद सरस्वती गुरुङले जानकारी दिइन् ।
बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा
केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन । परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेका छन् । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक सोतले जनाएको छ ।
उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन काँग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । म्याग्दीमा रहेको होटल यतिको उनी सञ्चालक समेत हुन् ।