पोखरा । पर्यटकीय राजधानी पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रसकन्ट्री पर्वतीय दौड अन्तर्गतको ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् ।
त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माविका रमेश बुढा तेस्रो भएका छन् । दोस्रो भएका कृष्णले नगद रु २५ हजार र तेस्रो हुने रमेशले नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । छात्रतर्फनै जुम्लास्थित चन्दननाथ माविका युवकराज बुढा चौथो, त्रिवेणी पब्लिक कास्कीका अमृत बिक पाँचौ र छोरेपाटन माविका तेन्जन रोक्का मगर छैटौं हुँदै जनही नगद रु १०/१० हजार प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा छात्रातर्फ कालिका माविकी स्विकृती कार्की दोस्रो, धनकुटास्थित सिंहेश्वरी माविकी जुही राई तेस्रो भइन् । उनीहरुले क्रमश नगद रु २५ र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अमरसिंह माविकी रक्षा फगामी चौथो, गौरीशंकर माविकी कविता मगर पाँचौ र मेघराज माविकी एन्जिला जिटी छैटौं भएर नगद रु १०/१० हजारका प्राप्त गरे ।
छात्र/छात्रा दौडमा विभिन्न विद्यालयका ५ सय बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।